images
images

निवर्तमान गर्भनरको हस्ताक्षरमा नेपाल राष्ट्र बैंकले ल्यायो ५ को नयाँ नोट बजारमा

  • ३ बैशाख २०८२, मंगलवार १४:१९

काठमानडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आजदेखि बजारमा ल्याएको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गदै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख गरिएको छ ।

साबिककै आकार तथा रंगमा न ४५ ०००००१ देखि भ १८ ९९९९९९ का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ । नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहने छ । यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।