images
images

दोलखा बजारमा मच्छिन्द्रनाथको रथयात्रा सुरु

दोलखा । दोलखाको ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वको शहर दोलखा बजारमा सहकालका देवता मानिने मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको ।

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्र्तगत हिजोबाट रथ तान्न सुरु गरिएको हो । चैत्र शुक्ल पूर्णिमाको साँझ मच्छिन्द्रनाथको मूर्तिलाई डोकलुङ्गा टोल स्थित अवलोकितेस्वर मन्दिरमा पु¥याई दुधमा स्नान गराएपछि मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको मानिन्छ ।

मुर्तिलाई दुधमा स्नान गराई रथारोहन गरेसँगै बैशाख १ गते सोमबारबाट रथ तान्न सुरु गरिएको हो । रथारोहनसँगै तानेर हिजो नक्छे टोलमा पु¥याईएको रथलाई आज त्यहाँबाट कोर्छे टोलमा पु¥याईने भीमेश्वर मन्दीरका पूजारी रामभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

९ दिनसम्म मनाईने रातो मच्छिन्द्रनाथको रथलाई दोलखा बजारका प्रत्येक टोलटोलमा विशेष पूजाअर्चनाका साथ ६ दिन रथ परिक्रमा गराउने प्रचलन रहेको दोलखा भीमेस्वर गुठि व्यवस्थापन समितिले जनाएको छ । रथलाई ६ दिनसम्म विभिन्न टोलमा परिक्रमा गराई सातौँ दिन रथबाट मच्छिन्द्रनाथको मुर्ति निकाली डोकलुंगा टोलस्थित मच्छिन्द्रनाथ को मन्दिरमा पु¥याएर भित्र्याईएसँगै जात्रा समापन हुने भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

मुर्तिलाई दुधमा स्नान गराई रथारोहन गरेसँगै रथ तान्न सुरु गरिएको हो । रथलाई ६ दिनसम्म विभिन्न टोलमा परिक्रमा गराई सातौँ दिन रथबाट मच्छिन्द्रनाथको मुर्ति निकाली डोकलुंगा टोलस्थित मच्छिन्द्रनाथ को मन्दिरमा पु¥याएर भित्र्याईएसँगै जात्रा समापन हुने हुने भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । दोलखाका जात्रा पर्वहरुमध्य मच्छिन्द्रनाथको रथ यात्रा विशेष महत्वपूर्ण रहेको छ ।

विशेषगरी नेवार समुदायले साक्षात् भगवानको रुपमा मान्दै आएको मच्छिन्द्रनाथको रथयात्रा नेपाल संवत ६ सय ३९ सालदेखि सुरु भएको अनुमान छ । मच्छिन्द्रनाथको रथयात्रा गरेपछि पानी पर्ने, खाद्यान्न उत्पादन बढ्ने, लोकको कल्याण हुने र रथयात्राका क्रममा रथ ढल्यो भने अनिष्ट हुने, रोगव्याधी बढ्ने जनविश्वास रहि आएको छ । रथयात्राको क्रममा रथ ढलेमा वा मर्मत गर्नु परेमा धर्मासी भैरवलाई थुमाको बलिपूजा दिई रथ यात्रा पुनः सुरु गर्ने चलन छ ।

दोलखाका जात्रा पर्वहरुमध्य मच्छिन्द्रनाथको रथ यात्रा विशेष महत्वपूर्ण रहेको छ । मच्छिन्द्रनाथको रथयात्राको व्यवस्थापन भीमेश्वर नगरपालिका वडा नम्बर २ ले गर्ने गरेको छ । दोलखा बजारमा हुने रातो मच्छिन्द्रनाथको रथयात्रामा राजधानीका नेवार समुदायको पनि सहभागिता हुँदै आएको छ । जात्रा हेर्नका लागि भक्तपुर, ललितपुर र किर्तिपुरबाट नेवार समुदायका मानिसहरु दोलखा आउने गरेका छन् ।

ललितपुर, भक्तपुरमा लाग्ने जात्रा भन्दा पनि दोलखामा लाग्ने जात्रा फरक किसिमको भएकाले पनि बर्षेनि पर्यटकको चाप बढ्ने गर्दछ ।