images
images

काभ्रेपलाञ्चोकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा ट्रिपरले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका–३ चापे पिपलबोटस्थित भित्रि सडक खण्डमा ट्रिपरको ठक्करबाट सोही स्थानका शक्ति परियारकी ४ वर्षीया छोरी आरिका परियारको मृत्यु भएको हो । रबिओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा प्र ०१–००४ क १८४५ नम्वरको ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएकी बालिकाको आज दिउँसो धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रहरी नायव उपरिक्षक डिएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।