
जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा भ्रमण वर्ष अन्तर्गत खेलकुुद सप्ताह सुरु भएको छ ।
जिरी नगरपालिकाको आयोजनामा जिरी भ्रमण वर्ष सन् २०२५ को अवसरमा खेलकुद सप्ताह कार्यक्रम भएको हो । खेलकुद सप्ताहको जिरी नगरपालिकाको नगरप्रमुख मित्रबहादु जिरेलले उद्धघाटन गर्नुभयो ।
खेलकुद सप्ताह कार्यक्रम अन्र्तगत विविध खेलकुद प्रतियोगितामा दोलखा–रामेछाप जिल्ला स्तरीय अन्तर शैक्षिक संस्था महिला भलिबल प्रतियोगिता, जिरी नगरपालिका स्तरीय अन्तर वडा ढ कबष्मभ पुरुष फुटवल प्रतियोगिता, पुरुष ब्याडमिन्टन र दोलखा–रामेछाप–सिन्धुपाल्चोक जिल्ला स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता हुनेछ ।
आज देखि सुरु भएको खेल ७ गतेसम्म सञ्चालन हुने छ । विविध खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगिताका विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतिया हुनेले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै अन्तर वडा 9 A side पुरुष फुटवल प्रतियोगिताका विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुनेले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने पुरुष ब्याडमिन्टन प्रतियोगिताका विजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतिया हुनेले ५ हजार नगद , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी जिल्ला स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताका विजेताले ७५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतिया हुनेले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेलकुद कार्यकारी समितिका अध्यक्ष एवं जिरी नगरपालिका–३ का वडाअध्यक्ष खेटराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम नगरप्रमुख टंकबहादुर जिरेल, नेपाली कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पा, नेकपा एमाले जिरी नगरकमिटीका अध्यक्ष टपीन्द्र खड्का, जिरी प्राविधिक शिक्षालयका प्रमुख कर्मा शेर्पा लगायत खेल प्रशिक्षक र खेलाडीहरुको सहभागीता थियो ।