images
images

सुनको मुल्य फेरि बढ्यो, कति पुग्यो ?

  • २ बैशाख २०८३, बुधबार ११:४४

भक्तपुर । नेपाली बजारमा सुनको मुल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२० रुपैयाँमा पुगेको छ ।