
जिरी (दोलखा) । जिरी नगरपालिका ३ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ ।
आज विहान सम्पन्न मत गणना अनुसार खेटराज वडाध्यक्षमा निर्वाचित हँदा उनको प्यानलनै विजयी भएका हुन् । घिमिरे ३ सय ९९ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी एमालेका नुर्व शेर्पाले ३ सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका युवराज चापागाईले १ सय ३९ मत पाएका छन् । जिरी ३ मा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा पासीमा शेर्पा, दलित महिला सदस्यमा मिना नेपाली, सदस्यमा फुर्वा शेर्पा र प्रदिप खड्का निर्वाचित भएका छन् । यसअघि जिरी २ मा पनि माओवादी केन्द्रको प्यानलनै विजयी भएको थियो ।