
जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिका ८ को वडाध्यक्षमा एमालेका शान्त जिरेल निर्वाचित भएका छन् ।
गएराती सम्पन्न मतगणनाको नतिजा अनुसार जिरेल नेपाली कांग्रेसका ढाल बहादुर सापकोटालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । बैतेश्वर ८ क्षेत्रपामा एमालेबाट शान्त जिरेल, कांग्रेसबाट सापकोटा र माओवादी केन्द्रबाट तक्त जिरेल प्रतिस्पर्धामा उत्रेका थिए ।