images
images

भिमेश्वर १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी, वडाध्यक्षमा थामी

  • १ जेष्ठ २०७९, आईतवार ०७:३१

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

भखरै सम्पन्न मतगनाणमा नेपाली काग्रेसका वडाध्यक्षका उम्मेदवार माधव थामीको प्यानल नै विजयी भएको हो ।थामी ९ सय ९६ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्ती नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै थामी विजयी भएका छन् ।

सो वडामा २२ सय ७८ मत खसेको थियो । यस्तै, भिमेश्वर नगरपालिका वडा नम्बर २ मा मतगणना सुरु भएको छ ।