images
images

मतगणना अपडेटः दोलखाका कुन स्थानीय तहमा कस्को अग्रता ?

  • १ जेष्ठ २०७९, आईतवार ०८:१२

दोलखा । दोलखाका ९ वटा स्थानीय तहमध्ये अधिकांशमा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन् ।

कालिञ्चोक, विगु, गौरीशंकर र भीमेश्वर नगरपालिकाको प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका हुन् । यो समाचार तयार पार्दासम्म प्राप्त नतिजा अनुसार भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार बनेका ईश्वरनारायण मानन्धरले अग्रता लिएका छन् । मानन्धरले १ हजार ३२ मत पाएका छन् भने नेकपा एमालको तर्फबाट मेयरका उममेदवार हरिवंश चौंलागाईले ७ सय ३१ मत पाएका छ । यसैगरी नगर उपप्रमुखतर्फ एमालेकी उम्मेदवार कमला बस्नेतलाई गठबन्धनकी साझा उम्मेदवारले उछिनेकी छिन् । बस्नेतले ७ सय ४ मत प्राप्त गरेकी छिन् छन् नेकपा एकिकृत समाजवादीकी उम्मेदवार संगिता तमाङले ७ सय ७७ मत पाएकी छिन् ।

जिरी नगरपालिका
यस्तै जिरी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका लाक्पा शेर्पाले १६ सय ८९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका गेल्बु शेर्पाले १५ सय ४२ मत पाएका छन् । एमालेका उम्मेदवार मित्र जिरेलले १४ सय ९ मत पाएका छन् । जिरी नगरपालिकाको उपमेयरतर्फ माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर तमाङले १९ सय ७० मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार कृष्णमाया बुढाथोकी खड्काले १७ सय ८५ र स्वतन्त्र उम्मेदवारी दिएका आङ पासाङ शेर्पाले जम्मा ५७ मत पाएका छन् ।

गौरीशंकर गाउँपालिका

गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्कीले अग्रता लिएका छन् । कार्कीले ५ सय प्राप्त गरेका छन् भने उनलाई एमालेका उम्मेदजार जंग गुरुङले पछ्याइरहेका छन् । गुरुङले २ सय ३४ मत पाएका छन् । उपाध्यक्षतर्फ कांग्रेकिा श्यामसुन्दर तमाङले अग्रता लिएका छन् । तमाङले ३ सय ९५ मत पाएका छन् भने एमालेकी मुना शिवाकोटीले २ सय ६५ मत पाएकी छिन् ।

विगु गाउँपालिका

विगु गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार संजिव ओलीले ४१ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका अचुतम केसीले पछ्याइरहेका छन् । केसीले ३४ मत पाएका छन् । विगुको उपाध्यक्षतर्फ कांग्रेकिा उम्मेदवार आङनिमा शेर्पाले ६० मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट उम्मेदवार बनेकी देविका थामीले २२ मत पाएकी छिन् ।

कालिञ्चोक गाउँपालिका

कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका अर्जुनप्रसाद शिवाकोटीले ४ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले ३ सय ८७ मत पाएका छन् । गाउँपालिकाको उपाध्यक्षतर्फ एमालेकी कविता थामीले ४ सय ६८ र गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार कुल बहादुर बुढाथोकीले ३ सय ५५ मत पाएका छन् ।

वैतेश्वर गाउँपालिका

यसैगरी वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण खड्काले एमालेका उम्मेदवार माधव प्रसाद घिमिरेलाई पछ्याइरहेका छन् । खड्काले ५ सय ७ मत पाएका छन् भने घिमिरेले ६ सय ६८ मत पाएका छन् । कांग्रेसका छवि लामाले ४ सय ८८ मत पाएका छन् । वैतेश्वरको उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी कल्पना उप्रेतिले ४ सय ३०, छविलाल तमाङले ३ सय ६६ र कल्याण दहालले ३ सय १९ मत पाएका छन् ।

मेलुङ गाउँपालिका

मेलुङ गाउँपालिकामा पनि मतगणना जारी छ । मेलुङमा यो समाचार तयार पार्दासम्म नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार हिरा थोकरले ७ सय २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका रविन्द्र कुमार कार्कीले ४ सय ३१ मत पाएका छन् । यसैगरी गाउँपालिकाको उपाध्यक्षतर्फ गायत्री आचार्यले ७ सय ९०, नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवार बनेका भक्त बहादुर तमाङले ४ सय २४ मत पाएका छन् ।

तामाकोशी गाउँपालिका

तामाकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले ६ सय ४० मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका प्रोण प्रताव केसीले ६ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ एमालेकी उम्मेदवार अम्बिका पोखरेलले ६ सय ३९ । कांग्रेसकी सिर्जना सुवेदीले ५ सय १५ मत पाएकी छिन् ।

शैलुङ गाउँपालिका

शैलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार धनबहादुर तमाङले ४ सय ७५ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवार रिमालबावु श्रेष्ठले ४ सय १७ मत पाएका छन् । उपाध्यक्षतर्फ पार्वती कार्कीले ४ सय ८२ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार दावा दोर्जे लामाले ४ सय ६१ मत पाएका छन् ।