
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ ।
वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश बहादुर खड्का विजयी भएका हुन् । खड्काले ४ सय ५६ मतका साथ विजयी हात पारेका गरेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रमेश बस्नेत ३ सय ४४ र कांग्रेसका उम्मेदवार खड्क बहादुर बस्नेतले १ सय ५२ प्राप्त गरेका छन् । योसँगै माओवादी केन्द्रले गौरीशंकर गाउँपालिकामा पनि खाता खोलेको छ ।