
जिरी (दोलखा) । दोलखामा नेकपा एकीकृत समाजवादीले मेलुङ २ बाट खाता खोलेको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर २ मा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी वडाध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारलाई १३ भोटले पछि पार्दै भण्डारी विजयी भएका हुन् । उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।