images
images

दोलखाको मतपरिणामः माओवादी र एमालेको अग्रता

  • १ जेष्ठ २०७९, आईतवार १०:०७

जिरी (दोलखा) । दोलखामा हालसम्म ९ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

जिल्लाको ९ वटा वडाको परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्र र एमालेले ३/३ वडामा जित हाँसिल गर्दा कांग्रेसले २ तथा एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ । दोलखामा हालसम्म नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३/३ वटा वडामा प्यानलनै जितेको छ । नेकपा माओवादी केन्द्रले जिरीको २ वटा वडामा र गौरीशंकरको एउटा वडामा गरी तीन वडामा प्यानल जितेको हो । जसअनुसार माओवादीले प्यानल जित हात पारेको वडा नम्बर २ मा वडाध्यक्षमा पुुनः ङिमपल्दे शेर्पा विजयी भएका छन् भने वडा नम्बर ३ मा खेटराज घिमिरेको प्यानलले जित निकालेको छ । उता गौरीशंकर गाउँपालिकामा पनि वडा नम्बर १ मा माओवादीको प्यानलले जितेको छ । गौरीशंकर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश बहादुर खड्कासहितको प्यानल विजयी भएका हुन् ।

जिल्लाको ९ वटा वडाको परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्र र एमालेले ३/३ वडामा जित हाँसिल गर्दा कांग्रेसले २ तथा एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ । दोलखामा हालसम्म नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३/३ वटा वडामा प्यानलनै जितेको छ । एकीकृत समाजवादीले मेलुङ २ बाट खाता खोलेको छ ।

यस्तै, हालसम्म नेकपा एमालेले पनि ३ वटा वडामा प्यानल सहितको जित हात पारेको छ । कालिञ्चोक गाउँपालिका १ मा एमालेका पदम थामी सहित उनका प्यानलै विजयी भएका हुन् । बैतेश्वर गाउँपालिका ८ मा पनि एमालेका शान्त जिरेल सहित उनका प्यानल विजयी भएका छन् । एमालेबाट तामाकोशी गाउँपालिका १ मा बसन्त थापा र उनको प्यानल जितेका छन् ।

यसैबीच, नेपाली कांग्रेसले हालसम्म २ वटा वडामा प्यानल सहितको जित निकालेको छ । जिरी नगरपालिका १ मा कांग्रेसका पासाङ शेर्पा (कर्साङ) सहितको टोली वडामा निर्वाचित हुँदा भीमेश्वर नगरपालिका १ मा माधव थामीको प्यानल विजयी भएका छन् । यसैगरी एकीकृत समाजवादीले मेलुङ २ बाट खाता खोलेको छ । । मेलुङ २ मा समाजवादीका रामकृष्ण भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्।