images
images

विगु १ को वडाध्यक्षमा कांग्रेसका तामाङ विजयी

  • १ जेष्ठ २०७९, आईतवार ११:२९

जिरी (दोलखा) । दोलखाको विगु गाउँपालिका १ मा नेपाली काग्रेसबाट वडाध्यक्षमा मेमबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङले ५ सय ४६ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । नेकपा माओवादीबाट उम्मेदवार बनेका शम्बु तामाङलाई पछि पार्दै मेम्बा वडाध्यक्षमा विजयी भएका छन् । शम्बुले ४ सय ४० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हिरण्डे बहादर गुरुङले २ सय ३९ मत प्राप्त गरेका छन् ।