
जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिका ३ मा नेकपा एमालेको प्यालनै विजयी भएको छ ।
गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालुमा वडाध्यक्षमा नरविक्रम कार्की र उनको प्यालनै विजयी भएका हुन् । गत स्थानीय निर्वाचनबाट वडा नम्बर ३ मा निर्वाचित भएर एक कार्यकाल सकाइसकेका कार्की रस्नालु ३ कै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार १ सय ७० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् ।
उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ५ सय १४ मत मात्रै पाएका छन् ।