
दोलखा । दोलखाका ९ वटा स्थानीय तहका ७४ वटा वडामध्ये हालसम्म एक दर्जन वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म १२ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो । जसअनुसार नेकपा माओवादी केन्द्रको तर्फबाट जिरी नगरपालिका वडा नम्बर २ मा ङिमपल्दे शेर्पा, वडा नम्बर ३ मा खेटराज घिमिरे र गौरीशंकर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा प्रकाश खड्का निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसको तर्फबाट भीमेश्वर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माधव थामी, जिरी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा आङपासाङ शेर्पा, विगु गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा मेम बहादुर तमाङ र शैलुङ गाउँपालिका वडा नम्बर १ मा विर बहादुर घतानी निर्वाचित भएका छन् ।
यसैगरी नेकपा एमालेको तर्फबाट तामाकोशी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा बसन्त थापा, कालिञ्चोक गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा पदम थामी, वैतेश्वर गाउँपालिका वडा नम्बर ८ मा शान्त जिरेल, मेलुङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा ईश्वर कोइराला निर्वाचित भएका छन् । मेलुङ गाउँपालिका वडा नम्बर २ मा भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामकृष्ण भण्डारी निर्वाचित भएका छन् ।