
जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेबाट ईश्वर कोइराला निर्वाचित भएका छन् ।
उनी १ हजार ८८ मत प्राप्त गर्दै एमालेका वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सभोति उप्रेतीले ७ सय ८० मत मात्रै पाएका छन् । मेलुङ २ को वडाध्यक्षमा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी निर्वाचित भएका छन् ।
मेलुङ गाउँपालिका वडा नम्बर ३ मा भने मतगणना जारी छ । वडा १ देखि ३ सम्म मतगणना हुदा पालिका अध्यक्ष र उपाध्यक्षमा पनि एमालेकै उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।