images
images

बैतेश्वर ७ मा माओवादीको जित, वडाध्यक्षमा शिवाकोटी विजयी

  • १ जेष्ठ २०७९, आईतवार १४:३४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिका ७ मा माओवादी केन्द्रका मिनकुमार शिवाकोटी विजयी भएका छन् ।

एमालेका उम्मेदवार बाबुराम खड्कालाई पछि पार्दै शिवाकोटी बैतेश्वर ७ का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्कालाई ३ मतान्तरले पराजित गर्दै शिवाकोटी अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रले बैतेश्वर गाउँपालिकामा वडा नम्बर ७ बाट खाता खोलेको हो ।

वडा नम्बर ८ मा भने एमालेका शान्त जिरेलले वडाध्यक्षमा जित निकालेको छ । अब ६ वटा वडाको मत परिणाम आउन बाँकी छ ।