images
images

जिरीमा ४ वडाको नतिजा सार्वजनिकः माओवादीलाई पछ्याउँदै कांग्रेस र एमाले

  • १ जेष्ठ २०७९, आईतवार १५:२९

जिरी (दोलखा) । जिरी नगरपालिकाको ४ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार रातीदेखि मतगणना सुरु भएको जिरीमा हालसम्म ४ वटा वडाको नतिजा सार्वजनिक भइसकेको हो । जसमा नेकपा माओवादी केन्द्रले २ वटा वडाका प्यानलसहितको जित निकाल्दा नेपाली कांग्रेस र एमालेले एक/एक वटा वडामा जित हात पारेका छन् । जसअनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसका पासाङ शेर्पा (कर्साङ) को प्यानल, वडा नम्बर २ मा माओवादीका ङिमपल्दे शेर्पाको प्यानल र ३ मा माओवादीकै खेटराज घिमिरेसहितको प्यानल विजयी भएका छन् । शेर्पा यसअघि पनि जिरी २ का वडाध्यक्षमा निर्वाचित भएर एक कार्यकाल सकाइसकेका व्यक्ति हुन् भने घिमिरे २०७४ सालको स्थानीय तहमा वडा सदस्यमा पराजित भएका थिए ।

यस्तै, नेकपा एमालेले वडा नम्बर ४ मा आएर खाता खोलेको छ । वडा ४ मा पुनः एमालेका पदेमान जिरेल प्यानल सहित विजयी भएका छन् । उनी यसअघि २०७४ सालको स्थानीय निर्वाचनबाट पनि वडाध्यक्षमा निर्वाचित भएर एक कार्यकाल काम गरिसकेका छन्।