जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिका २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रोहित बुढाथोकी विजयी भएका छन् ।
उनी नेकपा एमालेका इन्द्रबहादुर खड्कालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।यसैगरी, महिला सदस्यमा देवी घतानी, दलित महिला सदस्यमा संगिता नेपाली र खुल्ला सदस्यहरुमा गणेशबहादुर खड्का तथा कर्णबहादुर कार्की निर्वाचित भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि माओवादीकै प्रकाश खड्का निर्वाचित भएका छन् । यो सँगै माओवादी केन्द्रले गौरीशंकरमा २ वटा वडामा जित निकालेको छ ।










