images
images

जिरी ५ मा कांग्रेसको जित, जिरेल वडाध्यक्षमा निर्वाचित

  • १ जेष्ठ २०७९, आईतवार २०:१८

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा कांग्रेसका नरबहादुर जिरेल विजयी भएका छन् ।

उनी नेकपा एमालेका ङिमा शाङ्गे शेर्पा र नेकपा एकीकृत समाजवादीका नुर्पादावा शेर्पालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । जिरेलसँगै वडा नम्बर ५ मा उनको पुरै टिम विजयी भएका छन् । जिरी ५ मा कांग्रेसको वडाध्यक्षदेखि महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यसहितको जित भएको हो । महिला वडा सदस्यमा राम कुमारी समाल जिरेल, दलित महिला सदस्यमा रीता दर्जी र सदस्यमा टहल बहादुर जिरेल तथा रमेश खड्का निर्वाचित भएका छन् ।