images
images

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

  • १ जेष्ठ २०८०, सोमबार १४:४२

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि आज म्याद थप गरिएको हो। रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ। पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रहेका रायमाझी गय राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए।