images
images

एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

  • १ जेष्ठ २०८०, सोमबार १६:१३

काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराउनुभएको हो । यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयलाई थियो।गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी भएका रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको व्यहोरा सहितको पत्र जिल्ला प्रहरी परिसर काठमाडौंले संसद् सचिवालयलाई पठाएको हो।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए।
उनी फरार भएको ११ दिनपछि काठमाडौंबाटै पक्राउ परेका हुन्। उनलाई प्रहरीले आजै जिल्ला अदालत काठमाडौंमा पेश गरेर तीन दिनको म्याद लिइसकेको छ।