images
images

मुलुकको विकासमा प्रदेश सरकारको भूमिका महत्वपुर्ण रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई

  • १ जेष्ठ २०८०, सोमबार १७:३९

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुकको विकास र समृद्धिमा प्रदेशको महत्वपुर्ण भुमिका रहेको भन्दै संघीयतालाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

जनयुद्ध र जनआन्दोलन पछिको उपलब्धी स्वरुप प्राप्त संघीयतालाई थप मजबुद बनाउनुपर्ने भन्दै उहाँले यस्तो बताउनुभएको हो । रामेछापको मन्थलीस्थित मन्थली माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण एवम् उद्धघाटन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश खारेजीको आवाज उठाउनुको कुनै तुक नभएको बताउनुभयो । संघीयता खारेज हुनुपर्ने भन्दै विभिन्न अभिव्यक्ति आइरहेका बेला मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको औचित्य र आवश्यकता महत्वपुर्ण रहेको बताउनुभयो ।

अहिले प्रदेश सरकार र संघीयता चाहिन्छ कि चाँहिदैन भन्ने बहस उठान गर्न खोजिएको भन्दै उहाँले देश विकासमा प्रदेशको प्रमुख भूमिका रहेको जिकिर गर्नुभयो । प्रदेश खारेजीको आवाज उठाउने तत्वहरु जनयुद्ध र जनआन्दोलनपछि प्राप्त उपलब्धी उल्ट्याउन लागि परेको उहाँको भनाई छ ।