
रामेछाप । कुटपिट र जवरजस्ती करणी मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका छन् ।
रामेछाप प्रहरीले कुटपिट अंगभंग मुद्धाको फरार अभियुक्त रामेछाप नगरपालिका–५ का ३२ वर्षीय दिप कुमार तामाङ र जवरजस्ती करणी मुद्धाको प्रतिवादी लिखु तामाकोशी गाउँपालिका ३ का ४९ वर्षीय सिंग लबहादुर कामीलाई पक्राउ गरेको हो । तामाङलाई जिल्ला अदालत रामेछापले ५ महिना ३ दिन कैद र पाँच हजार रुपैंया जरिवाना र कामीलाई ३ वर्ष ५ महिना ७ दिन कैद र एक लाख रुपैंया जरिवानाको फैसला गरेको थियो । तर उनीहरु फरार थिए ।
अहिले पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रामेछापमा पेस गरी रामेछाप कारागार चलान भएको रामेछाप प्रहरीले जनाएको छ ।