images
images

सिन्धुलीको कमला नदीमा एक महिलाको शव फेला

  • २ जेष्ठ २०८१, बुधबार ०६:५५

सिन्धुली । सिन्धुलीको कमला नदीको किनारमा एक महिलाको शव फेला परेको छ ।

दुधौली नगरपालिका–११ मरघट्टीमा रहेको कमला नदीको किनारमा अन्दाजी ४०–४५ वर्षीया एक महिलाको शव फेला परेको हो । उनको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । पहिचान नभएकी महिलाको शव सडेगलेको घोप्टो परेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि नगर अस्पतालमा राखिएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो ।