images
images

मेलुङको पवटीमा मलामी बोकेको गाडी दुर्घटना, घाइतेहरुको उद्धार गरिँदै

  • २ जेष्ठ २०८१, बुधबार ०९:४२

जिरी(दोलखा) । मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ ।

मेलुङ–३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परि १४ जना घाइते भएको स्थानीयले बताएका छन् । तामाकोशी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटना परेको हो । दुर्घटनामा चालक हरिबहादुर कार्की सहित सबै मलामी घाइते भएका हुन् । अहिले घटनास्थलमा खटेका स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि चरिकोट पठाउने काम भइरहेको छ । आज विहान आफ्नो आँखै अगाडी बोलेरो दुर्घटनामा परेको र दुर्घटना लगत्तै एम्बुलेन्स र बोलेरो बोलाएर घाइतेहरुलाई उपचारका लागि चरिकोट पठाइएको स्थानीय जगतराज गनिकाले जानकारी दिनुभयो ।

यद्धपी, घाइतेहरुको अवस्था र विस्तृत विवरण भने खुल्न बाँकी छ । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको दोलखा प्रहरीले जनाएको छ ।