images
images

पवटी दुर्घटनाका ५ जना घाइतेलाई धुलिखेल अस्पताल रिफर गरियो, खुल्यो सबै घाइतेको नामावली

  • २ जेष्ठ २०८१, बुधबार १२:५७

जिरी(दोलखा) । मेलुङ गाउँपालिकाको पवटीमा बोलेरो दुर्घटनामा घाइते भएका १६ जना मध्ये ६ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्यम अवस्थाका मेलुङ–३ का अन्दाजी ५८ वर्षीय टीका बहादुर कार्की, ५० वर्षीय अर्जुन खड्का, ५५ वर्षीय अर्जुन कार्की, ६५ वर्षीय पुष्प बहादुर कार्की र ४० वर्षीय डिल्ली बहादुर कार्कीलाई धुलिखेल अस्पताल पठाइएको हो । हालसम्म उनीहरु ५ जनालाई रिफर गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिनुभयो । अन्य घाइतेहरुको भने जिल्ला सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि ४५ वर्षीय कृष्ण बहादुर कार्की र ५० वर्षीय विर बहादुर कार्की पनि मध्यम घाइते भएका छन् । यसैगरी बोलेरो चालक ३० वर्षीय हरि बहादुर कार्की, ३१ वर्षीय केदार बहादुर काकी, ४३ वर्षीय मनोज कार्की, ४५ वर्षीय खम्ब बहादुर कार्की, ४३ वर्षीय गुम्ब बहादुर कार्की, ४० वर्षीय विष्णु बहादुर कार्की, ५० वर्षीय भक्त बहादुर कार्की, १८ वर्षीय समिर खड्का र १८ वर्षीय केदार कार्की सामान्य घाइते भएको दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो ।

आज विहान करिब साँढे ८ बजे मेलुङ–३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो पवटीस्थित भटमासेमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।