
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरी गर्ने ठाउँ नभएको बताउनुभएको छ ।
आज नयाँ बानेश्वरस्थित संसद भवनमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सदन नेपाली कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताउनुभएको हो । उहाँले कुनै माननीयमाथि आरोप लगाउने, बोल्नै नदिने कस्तो लोकतन्त्रको अभ्यास हो भन्दै कांग्रेसलाई प्रश्न समेत गर्नुभयो । संसद विधि, नियम र लोकतान्त्रिक तरिकाले चल्ने भन्दै अध्यक्ष ओलीले दादागिरी नदेखाउन कांग्रेसलाई चेतावनी दिनुभयो ।