images
images

उच्च अदालतको सफाई पछि सन्दीपले विश्वकप खेल्न पाउने

  • २ जेष्ठ २०८१, बुधबार १८:२९

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप खेल्न पाउने भएका छन् ।

उच्च अदालत पाटनले बलत्कार मुद्धामा सफाई दिएसँगै नेपाल क्रिकेट सँघ क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो ।  आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिरीनुपर्दछ । तर, कुन खेलाडी बाहिरीने भन्ने विषय कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिनुभयो ।

आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ ।