images
images

बागमतीमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन,आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

  • २ जेष्ठ २०८१, बुधबार २०:५७

हेटौंडा । बागमतीमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय हो । नयाँ मन्त्रालय खडा गरेपछि डेढ महिनादेखि विना विभागीय मन्त्री रहेकी एकीकृत समाजवादीकी नेतृ रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन् । गत चैत १९ मा मन्त्री नियुक्त भएकी एकीकृत समाजवादीकी नेतृ आले करिब डेढ महिनादेखि मन्त्रालयविहीन थिइन् । उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाइएको हो ।

१२ सदस्यीय रहेको बागमती मन्त्रिपरिषद मन्त्रालय विभाजनपछि १३ सदस्यीय भएको छ । युवा तथा खेलकुद मन्त्रालय बनेपछि प्रदेशमा १३ मन्त्रालय कायम हुनेछ ।