images
images

आसन्न निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु 

  • १ असार २०७९, बुधबार ०६:३२

काठमाडौंँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दैछ ।

निर्वाचनलाई लक्षित गरी आजबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई लक्षित गरी असार आजदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । यद्धपि सत्ता गठबन्धनका एक प्रमुख घटक माओवादी केन्द्रले आगामी मंसिरमा चुनाव हुने बताएको छ ।

यसअघि स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको सो काम आजबाट पुन सुरु गर्न लागिएको हो । विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगाना भन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफु बसेकै स्थानाबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्नेछन् ।