हेटौंडा । बागमती प्रदेश सरकारले जिरी ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै जिरीको मानव निर्मित तालका निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको जानकारी गराएको हो । वागमती प्रदेश सरकारमा वन तथा वातारणमन्त्रीमा विशाल खड्का मन्त्री भए लगत्तै जिरी तालका लागि यति धेरै बजेट विनियोजन भएको हो । यसअघि बजेट अभाव भएका कारण जिरी ताल निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।










