images
images

ललितपुरमा बेहोस अवस्थामा भेटिएका सिन्धुपाल्चोकका एक दम्पतीको मृत्यु

  • १ असार २०८१, शनिबार १२:१२

ललितपुर । ललितपुरमा बेहोस अवस्थामा भेटिएका सिन्धुपाल्चोकका एक दम्पतीको मृत्यु भएको छ ।

गएराति ललितपुरमा आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका सिन्धुपाल्चोकका २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । गएराति करिब साढे ८ बजे ललितपुरको जावलाखेल आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका सेन्चुरी दम्पतीको पाटन अस्पालमा उपचारको  क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । मृतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनीहरू नवविवाहित जोडी हुन् ।