
हेटौँडा । आगमी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउनका लागि बोलाईएको बागमती प्रदेशको प्रदेशसभा बैठक प्रभावित भएको छ ।
राजनीतिक दलहरुले प्रदेशसभा भवन अगाडी प्रदर्शन गरेपछि प्रदेशसभा बैठक बस्न नसकेको हो । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा लगाएतका दलले विरोध प्रदर्शन गरेका हुन् । सरकारले शुक्रबार अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध मकवानपुरका ११ वटा राजनीतिक दलले प्रदर्शन गरेका हुन् ।
आजको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची भएपनि बैठक सुरु हुनु अगावै दलहरुले विरोध गरेपछि बैठक प्रभावित भएको हो । विरोध प्रदर्शनका कारण ४ बजे सुरु हुने भनिएको प्रदेशसभा बैठक ६ बजेका लागि सारिएको छ । प्रदेशसभा सचिवालयले सुचना जारी गर्दै पुर्वनिर्धारित समयमा प्राविधिक कारणले बजेट भाषण सुरु हुन नसकेको भन्दै साँझ ६ बजेदेखि सुरु हुने जनाएको छ ।