
हेटौँडा । बागमती प्रदेशको आगमी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरु भएको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगमी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गरिरहेका छन् । बागमती प्रदेशको केहीबेर अघि बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्न स्वीकृती दिएको थियो । सरकारले बजेट प्रस्तुत गर्न स्वीकृती दिएलगत्तै बागमती प्रदेशसभा बैठक सुरु भएको छ ।
बागमती प्रदेशको दिउँसो चार बजेका लागि बोलाईएको प्रदेशसभा बैठक प्राविधिक कारण देखाउँदै दुई घण्टा पछि सारिएको थियो । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने माग गर्दै मकवानपुरका ११ वटा राजनीतिक दलले प्रदर्शन गरेपछि ४ बजेका लागि तय गरिएको प्रदेसभा बैठक ६ बजेका लागि सारिएको हो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु वर्ष ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।