images
images

बागमती प्रदेशको आगामी बर्षको बजेट ६४ अर्ब ५४ करोड (हेर्नुहोस् पूर्णपाठ)

  • १ असार २०८१, शनिबार २०:११

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ६४ अर्ब ५४ करोड बढीको बजेट ल्याएको छ ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । जसअनुसार चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख, वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो । बागमतीमा चालु आर्थिक वर्षको बजेट ६२ अर्ब ७१ अर्ब थियो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष स्थानीय तहलाई ८ अर्ब ३७ करोड वित्तिय हस्तान्तरण गर्ने भएको छ । जसअनुसार प्रदेश सरकारले समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड, सशर्त तर्फ ३ अर्ब ४३ करोड, समपुरक तर्फ २ अर्ब ४८ करोड, विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख विनियोजन गर्ने प्रस्ताव गरिएको छ । प्रदेश सरकारले सवारी करको बाँडफाँटबाट ११९ स्थानीय तहबाट ५ अर्ब उपलब्ध हुने अनुमान गरेको छ ।

कुन मन्त्रालयलाई कति बजेट ?

भौतिक पूर्वाधार विकास मन्त्रालय २२ अर्ब ६४ करोड

कृषि तथा पशुपन्छी विकास मन्त्रालय २ अर्ब ६२ करोड

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय २ अर्ब ४६ करोड

उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय ७२ करोड

वन तथा वातावरण मन्त्रालय ३ अर्ब २१ करोड

श्रम रोजगार तथा यातायात मन्त्रालय ९३ करोड

स्वास्थ्य मन्त्रालय ४ अर्ब ८ करोड

सामाजिक विकास मन्त्रालय ३ अर्ब ९१ करोड

युवा तथा खेलकुद मन्त्रालय ७४ करोड

खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय ६ अर्ब ९३ करोड

आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४४ करोड

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ५० करोड ६४ लाख