images
images

जिरी नगरपालिका २७ महिलाहरुलाई बाटेको धुप बनाउन सिकाउदैँ

  • १ असार २०८१, शनिबार २१:०३

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले नगरभित्रका २७ महिलालाई बाटेको धुप बनाउने तालिम दिन सुरु गरेको छ ।

जिरी नगरपालिका ९ वटै वडाबाट सहभागी भएका २७ महिलाहरुलाई सो तालिम दिन सुरु गरिएको हो । आजदेखि  तीन दिनसम्म सञ्चालन हुने तालिमको जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले उद्घाटन गर्नुभयो । सो क्रममा नगर प्रमुख जिरेलले सिप सिकेर व्यवहारमा उतार्न र व्यवसायी बन्न आग्रह गर्नुभयो । कार्यक्रम बोल्दै जिरी नगरका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले महिलाहरुलाई सिप सिकेर स्वरोगार र सक्षम बन्न आग्रह गर्नुभएको छ । तालिम उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, जिरी नगरपलिका ५ नम्बर वडाका अध्यक्ष नरबहादुर जिरेल, कार्यपालिका सदस्य सुन्तली सुनुवार र वडा नम्बर ५ का सचिव साविन्द्रा खड्का लगायतको उपस्थित थियो ।