images
images

वागमती सरकारको बेरुजू २ अर्ब ३२ करोड नाघ्यो

  • ३१ असार २०७९, शुक्रबार १२:५३

हेटौँडा । वागमती प्रदेश सरकारको बेरुजू २ अर्ब भन्दा बढी पुगेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रूपैयाँ पुगेको हो । सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको ६८ लाख २१ हजार ६६ रुपैयाँ बेजुरु देखिएको छ । यसैगरी, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयमा पनि बेरुजू रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको बेरुजू १ अर्ब ९ करोड ४४ लाख १० हजार थियो ।