सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित भोटेकोसी र इन्द्रावती नदीले तह पारे गरेपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भोटेकोशी नदी, बाह्रबिसे जलमापन केन्द्रमा जलसतहले तह पार गरेकाले सो नदी आसपासमा रहेकाहरुलाई आज बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । इन्द्रावती यांग्री नदीमा बाढी आएकाले थप बढ्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तल्लो नदी तटीय क्षेत्रमा रहेकाहरुलाई आज बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको विभागले जनाएको हो ।