images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

  • ३१ असार २०८१, सोमबार १५:१६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले साउन ६ गते विश्वासको मत लिनुहुने
भएको छ ।

आज बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिनेगरी तयारी थाल्नुभएको होे । मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाउनु भएको छ । नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत भएकाले उहाँले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छैन । २०७९ सालमा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्री बन्नु भएको थियो ।