काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाअध्यक्षलाई भ्रष्टाचार मुद्धामा २ वर्ष कैद सजायको फैसला भएको छ ।
भ्रष्टचार मुद्धामा दोषी ठहर भएका काभ्रेको बनेपा नगरपालिका–९ का वडाअध्यक्ष नृपेश बादेलाई विशेष अदालतले २ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । बादेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको पेसी तोकिएकोमा कैद र जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । उनीमाथि सेवाग्राहीसँग घरबाटो सिफारिस दिएवापत १५ लाख रुपैयाँ घुस लिएको आरोपमा २०८० माघ २६ गते विशेष अदालतमा मुद्धा दायर भएको थियो ।
बादे २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।