काठमाडौं । सरकारले विपद्का घटनामा परी बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरे मृतक सरह परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधमन्त्री पृथ्वी सुब्बा गुरुङले विपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने बताउनुभयो । यसअघि बेपत्ता व्यक्तिका सन्दर्भमा राहत दिने व्यवस्था थिएन । बैठकले प्राकृतिक प्रकोपमा मृत्यु भएकाहरूलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको छ ।