images
images

जिरी अस्पतालमा छैन ब्लड वैंक, जोखिम मोलेर शल्यक्रिया गरिदै

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पतालमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा जोखिम मोलेरै विरामीको शल्यक्रिया हुदै आएको छ ।

जिरी नगरपालिका मातहत रहेको जिरी अस्पतालमा पछिल्लो समय सल्यक्रिया लगायतका सेवाहरु थप भएपनि ब्लड बैंक नहुँदा बिरामीको जोखिमपूर्ण शल्यक्रिया भइरहेको हो । केही वर्ष अघिदेखि रोकिएको शल्यक्रिया सेवा गत फागुन १ गतेदेखि मात्रै सञ्चालनमा आएको थियो । तर, हालसम्म कुनै अप्रिय घटना नघटेपनि जोखिम भने कायमै रहेको छ । पछिल्लो ६ महिनामा मात्रै जिरी अस्पतालमा १ सय ५० भन्दा बढी समान्य र जटिल शल्यक्रिया भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवेन्द्र गौतमले जानकारी दिनुभयो । डा. गौतमले ब्लड बैंकको अभावका वीच ६ महिनाको अवधिमा डेढ सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको जानकारी दिनुभयो । ब्लड बैंक नहुदा जोखिम मोलेर शल्यक्रिया गर्ने गरिएको उहाँको गुनासो छ । डा. गौतमले पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुक मार्फत पनि पटक–पटक ब्लड बैंकको स्थापना नहुँदा जटिलता हुने गरेको गुनासो पोख्दै आउनुभएको छ ।

जिरी अस्पतालमा पछिल्लो समय शुत्केरी शल्यक्रिया बढी भएको छ । जटिल प्रकृतिका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भएपनि अस्पतालमा ब्लड बैंक नहुँदा स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै शल्यक्रिया गर्न बाध्य छन् । बिरामीले तत्काल रगत नपाउने हुनाले उपचारमा समस्या हुने गरेको छ । गाउँ–गाउँबाट सुत्केरी गराउन गएका कतिपय बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते लगायत ब्लड वैंक नहुँदा बढी जोखिममा पर्ने गरेका छन् ।

 जटिल प्रकृतिका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भएपनि अस्पतालमा ब्लड बैंक नहुँदा स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै शल्यक्रिया गर्न बाध्य छन् । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा  बिरामीले तत्काल रगत नपाउने हुनाले उपचारमा समस्या हुने गरेको छ । गाउँ–गाउँबाट सुत्केरी गराउन गएका कतिपय बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । जिरी नगरपालिकाले नयाँ भौतिक संरचना निर्माण भएपछि ब्लड बैंक सञ्चालनमा ल्याउने तयारी गरेपनि हालसम्म सो व्यवस्था हुन सकेको छैन ।

विरामीको जटिल उपचारमा रगत अनिवार्य आवश्यक पर्दछ । जिरी नगरपालिकाले नयाँ भौतिक संरचना निर्माण भएपछि ब्लड बैंक सञ्चालनमा ल्याउने तयारी गरेपनि हालसम्म सो व्यवस्था हुन सकेको छैन ।
पछिल्लो पटक अस्पतालको सेवामा सुधार आएपनि ब्लड बैंक जस्तो अत्यावश्यकीय सेवाको अझै खाँचो छ । अस्पतालमा राम्रो भौतिक संरचनाको समेत व्यवस्थापन र विस्तारै स्वास्थ्यकर्मीको पनि परिपूर्ति हुँदै गर्दा अत्यावश्यकीय ब्लड बैंक सञ्चालन हुन सकेन । जिरी अस्पतालमा हाल स्थानीयस्तरमै रगत जुटाएर शल्यक्रिया गर्ने गरिएको छ । शल्यक्रियाका लागि अस्पतालका स्वास्थ्यकर्मी स्वयँले पनि रगत दान गर्ने गरेका छन् । ब्लड बैंक नहुँदा रगत अभाव भएर बिरामीको ज्यानै जानसक्ने जोखिम निम्तिन सक्ने चिकित्सकहरु बताउँछन् ।

नगर प्रमुख भन्नुहुन्छः ‘ब्लड वैंक स्थापना गर्छौ’

जिरी नगरपालिकाले भने ब्लड बैंक सञ्चालनको तयारी गरेको जनाएको छ । नगरले चालु आर्थिक वर्ष ब्लड बैंक सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको र ब्लड बैंक सञ्चालनका लागि एक जना तालिम प्राप्त कर्मचारी आवश्यक पर्ने भएकाले एक जना कर्मचारीलाई तालिम लिनको लागि समेत पठाइएको नगरप्रमुख मित्रबहादुर जिरेलले बताउनुभयो । पूर्वाधार तयार रहेकाले ब्लड बैंक तत्कालै आवश्यक उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सकिने भएपनि सञ्चालनका लागि कुन–कुन उपकरण आवश्यक पर्छ भन्ने कुराको जानकारी नहुँदा ढिलाई भएको नगर प्रमुख जिरेलको दावी छ ।

प्रमुख जिरेलले जिरी अस्पतालसँगको समन्वयमा केही समयमै आवश्यक उपकरण खरिद गरी ब्लड बैंक सञ्चालनमा ल्याउने हाम्रो अपडेटलाई जानकारी दिनुभयो । आवश्यक उपकरण खरिदपछि रक्तदान कार्यक्रमको आयोजना गरी सञ्चालनमा ल्याउने नगरपालिकाको तयारी छ । जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा ब्लड बैंक स्थापनाका लागि १ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जिरी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएपछि जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र रामेछापको गोकुलगंगा तथा उमाकुण्ड गाउँपालिका लगायतका नागरिकहरुले नजिकै शल्यक्रिया लगायतका सेवा पाएका छन् ।