images
images

दोलखामा संघीय टिकटका लागि माओवादी केन्द्रको दावी स्वभाविकः मन्त्री खड्का

  • ३० श्रावण २०७९, सोमबार १३:२९

दोलखा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री एवम् नेकपा माओवादी केन्द्रका युवा नेता विशाल खड्काले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रीय मापदण्डले दोलखाको टिकट निर्धारण हुने बताउनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोलखामा पनि प्रतिगमन बिरुद्धको लोकतान्त्रिक शक्तिहरु वीच गठबन्धन हुने स्पस्ट पार्दै उहाँले केन्द्रीय मापदण्डले दोलखाको टिकट निर्धारण गर्ने बताउनुभयो । दोलखावाट प्रसारण हुँदै आएको हाम्रो रेडियोको बहशमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै मन्त्री खड्काले प्रतिनिधिसभा सदस्यको टिकटकालागि गठबन्धनका दलहरुले दावी प्रस्तुत गर्नु स्वभाविक भएपनि केन्द्रीय कार्य दलको निर्णय नैं अन्तिम निर्णय हुने बताउनभयो । दोलखा जिल्ला बामपन्थी मत बाहुल्य भएको भुगोल रहेको र स्थानीय तहको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्न सफल भएकाले प्रतिनिधिसभा सदस्यको टिकटमा नेकपा माओवादी केन्द्रको दावी स्वभाविक रहेको उहाँको भनाई छ ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री एवम् नेकपा माओवादी केन्द्रका युवा नेता विशाल खड्काले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रीय मापदण्डले दोलखाको टिकट निर्धारण हुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोलखामा पनि प्रतिगमन बिरुद्धको लोकतान्त्रिक शक्तिहरु वीच गठबन्धन हुने स्पस्ट पार्दै उहाँले केन्द्रीय मापदण्डले दोलखाको टिकट निर्धारण गर्ने बताउनुभयो । आसन्न निर्वाचनमा दोलखाबाट गठबन्धनको शक्तिले संघ र प्रदेश गरी तीनै सिटमा सहजै जित हासिल गर्ने मन्त्री खड्काले बताउनुभयो ।

अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले आ–आफ्नो दावी प्रस्तुत गरिरहे पनि कार्यदलको निर्णयपछि टिकट जुन दलको भागमा परेपनि स्विकार्य हुने उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका मन्त्री खड्काले जुन दलको भागमा परेपनि संघ र प्रदेश सदस्यका उम्मेदवार तीनै दलको साझा उम्मेदवार हुने र बेमेलको स्थिती नआउने दावी गर्नुभयो । आसन्न निर्वाचनमा दोलखाबाट गठबन्धनको शक्तिले संघ र प्रदेश गरी तीनै सिटमा सहजै जित हासिल गर्ने मन्त्री खड्काले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको भागमा प्रतिनिधिसभा सदस्यको टिकट परेमा आन्तरिक पार्टीमा व्यापक छलफल गरेर उपर्युक्त उम्मेदवार तय हुने उहाँले बताउनुभयो । निर्वाचनमा उम्मेदवार तय गर्दा विकास र जिल्लाको समृद्धिसँग जोडेर हेर्नु पर्ने भन्दै उहाँले जिल्लाको रणनीतिक खालका योजनाको निरन्रता तथा नयाँ योजना र कार्यक्रम दिन सक्ने व्यक्ति चुनावी मैदानमा उत्रिनु पर्ने धारणा राख्नुभयो । तपाईँ पनि प्रतिनिधिसभा सदस्यको दावेदार हो ? भन्ने प्रश्नमा मन्त्री खड्काले घुमाउरो पाराले ‘राजनीतिमा लागेको व्यक्तिले स्वभाविक रुपमा सवै परिक्षाका लागि प्रवेश पत्र लिएर बसेको’ हुने भन्दै आफु पनि योग्य र तयार रहेको बताउनुभयो ।