दोलखा। दोलखामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला विभिन्न स्थानिय तहमा २५ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आज तामाकोशी गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुष, मेलुङ र शैलुङ गाउँपालिकाका १/१ जना पुरुष गरी ११ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ । संक्रमितमध्ये ९९ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तामाकोशी गाउँपालिकाका ४ जना महिला र २ जना पुरुष गरी ६ जना कोरोना मुक्त भएका छन् । हाल जिल्लामा २४ जना संक्रिय कोरोना संक्रमित उपचाररत रहेका छन् ।










