images
images

दोलखामा ६ हजार बढी गाईभैंसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइयो

  • ३१ श्रावण २०८१, बिहीबार १०:२२

जिरी(दोलखा) । दोलखामा ६ हजार बढी गाईभैंसीलाई लम्पीस्किन विरुद्धको खोप लगाइएको छ ।

दोलखाको ६ हजार ४ सय ४४ वटा सहित बागमती प्रदेशका ६१ हजार गाईभैंसीलाई खोप लगाइएको हो । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मनत्रालयले सुरु गरेको लम्पी स्किन विरुद्धको खोप अभियानको ६ दिनमा ६१ हजार ६ गाईवस्तुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

जसअनुसार रामेछापमा ३ हजार ८ सय १, सिन्धुपाल्चोकमा ८ सय ७९, काभ्रेपलाञ्चोकमा ७ हजार ४ सय ८८, सिन्धुलीमा ५ हजार १ सय ९७, मकवानपुरमा ५ हजार ६ सय ७९, नुवाकोटमा ५ हजार ८ सय ३९, धादिङमा ६ हजार ६ सय ६७ र रसुवामा ३ हजार २ सय ५१ गाईभैसी तथा पाडापाडीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चितवनमा ८ हजार ३ सय १६, भक्तपुरमा २ सय ९४, काठमाडौंमा ४ हजार ५ सय ५२ र ललितपुरमा १ हजार ९ सय १२ गाईभैंसीमा खोप लगाइएको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशु शाखा प्रमुख डा. सन्तोष अधिकारीले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लामा रहेको ८ वटा पशु सेवा कार्यालयबाट गत शुक्रबारदेखि एकै पटक खोप अभियान सुरु गरिएको थियो ।