काठमाडौँ । नेप्से परिसूचक ३ वर्ष यताकै उच्च भएको छ ।
नेप्से परिसूचक आज ४३ अंकले बढेर ३०००.८१ अंक कायम भएको हो । यो तीन वर्ष यताकै उच्च हो । यसअघि २०७८ भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएको शेयर बजार त्यसयता घट्दो क्रममा रहेको थियो । साताको अन्तिम दिन आज सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पनि हालसम्मकै उच्च हो ।
कारोबार रकमले यसअघि सोमबार २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । सो रेकर्ड पुनः आज तोडिएको हो । आज १०५ कम्पनीको मुल्य बढेको छ भने १३७ कम्पनीको मुल्य घटेको छ ।