images
images

गठ्ठाघरमा तनावः महिलाको मृत्यु, आक्रोशित स्थानीयद्धारा ट्राफिक प्रहरीलाई आक्रमणको प्रयास

  • ३१ श्रावण २०८१, बिहीबार १५:३६

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि तनाव भएको छ ।

घटनाको विषयलाई लिएर गठ्ठाघरमा तनाव भएपछि सशस्त्र प्रहरी परिचालन गरिएको छ । महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी समेत गरेका छन् । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्वरको स्कुटर रोकेर चेकजाँच गरिरहेको अवस्थामा ना ६ ख २१७३ नम्वरको ट्रकले एक्कासी ब्रेक लगाउँदा स्कुटरलाई करिव २० मिटर घिसारेको थियो ।

स्कुटरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको हो । ट्रकले घिसारेर महिलालाई किच्दा सडक नै रगताम्य बनेको छ । मृतकको सनाखत भने हुन सकेको छैन । ट्राफिक प्रहरीले लुकेर चेकजाँच गरेको र ट्रकले ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । आक्रोसित बनेका स्थानीयको भिड जम्मा भएको छ ।

आक्रोसित स्थानीयले चेकजाँचमा खटिएका प्रहरी माथि नै आक्रमणको प्रयास गरेका छन् भने केही सवारी साधन समेत तोडफोड भएको छ । दुर्घटनास्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।