जिरी (दोलखा) । भक्तपुरको गठ्ठाघर दुर्घटनामा दोलखाको मेलुङ गाउँपालिकाकी एक युवतीको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा मेलुङ–४ भेड्पुकी २३ वर्षीया सुस्मा नेपालीको मृत्यु भएको हो । काठमाडौंको बागबजार बस्दै आएकी सुस्माले चलाएको स्कुटरलाई आज दिउँसो करिब पौने २ बजे मालबहाक ट्रकले ठक्कर दिएको थियो । उनी ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् । दुर्घटनामा परेर मृत्यु भएकी सुस्माको शरीर छेदविछेद भएको थियो । उनको मृत्यु भएपछि दिनभर गठ्ठाघरको अवस्था तनावग्रस्त बनेको थियो । घटनास्थलमा उनको झोला, किताव र कपी भेटिएको छ ।
सुस्माको शवलाई अहिले पोष्मार्टमको लागि त्रिवी शिक्षण अस्पताल भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो । ट्रक चालक भने फरार रहेका छन् ।