काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तिन जनाको मृत्यु भएको हो । आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षिया लालजुङ तमाङ, छोरा ४४ वर्षिया निरबहादुर तमाङ र छोरी ४० वर्षिया सावित्रीको मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । सुतिरहेका बेला पहिरो खसेपछि घर पुरिएको थियो । स्थानिय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको हो ।